जगन्नाथको गुनासो- गठबन्धनभित्रै अन्तर्घात हुनु अनैतिक र अनुशासनहीन
नेपाल प्रेस
२०७९ मंसिर १० गते १४:०२
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले गठबन्धनभित्रको अन्तर्घातका कारण आफू पराजित भएको बताएका छन् ।
जीत र हार स्वभाविक भए पनि अन्तर्घातबाट नकारात्मक परिणाम आउनु अनैतिक र आफ्नो पार्टीविरुद्धको अनुशासनहीन क्रियाकलाप भएको उनले बताएका छन् ।
उनले आफू पराजित भए पनि जनतामाझ गरेका प्रतिबद्धतामा सदैव दृढ रहने पनि बताएका छन् ।
प्रतिक्रिया