मधेस अपडेट : प्रतिनिधिसभामा कांग्रेस पहिलाे, यस्तो छ अन्यकाे अवस्था – Nepal Press

मधेस अपडेट : प्रतिनिधिसभामा कांग्रेस पहिलाे, यस्तो छ अन्यकाे अवस्था

जनकपुरधाम । मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ नेपाली का‌ंग्रेस ठूलो दल बन्ने देखिएको छ । प्रत्यक्षतर्फ ३२ सिटमध्ये कांग्रेसले ६ सिट जितिसकेको छ भने २ सिटमा अग्रता लिएको छ ।

अहिलेसम्मको मतपरिणाम हेर्दा अग्रता लिएका दुई क्षेत्र धनुषा ४ र महोत्तरी ४ मा पनि काँग्रेस उम्मेदवार नै विजयी हुने देखिएको छ । यी दुई क्षेत्रमा पनि काँग्रेसले जित्यो भने ८ सिट पुग्नेछ ।

मधेश प्रदेशमा नेकपा एमाले पनि ठूलो प्रगति गरेको छ । अहिलेसम्म ७ सिट जितेको एमाले मधेशमा ठूलो दोस्रो दल बन्ने निश्चित छ । ०७४ मा एमाले मात्र २ सिट जित्न सकेको थियो ।

मधेशमा अब्बल मानिने जनता समाजवादी पार्टी (जसपा)ले मात्र ५ सिट जितेको छ । धनुषा १ बाट जसपाका दिपक कार्की अग्रत लिएका छन् । उनी जितेपछि जसपाको ६ सिट पुग्नेछ ।

लोसपाले ३ सिट जितेको छ । नेकपा एकिकृत समाजवादी २ सिट जित्दा नेकपा माओवादी केन्द्रले अहिलेसम्म एक सिट पनि जित्न सकेका छ्रैन । महोत्तरी १ बाट माओवादीका गिरीराजमणी पोखरेल र माओवादीको टिकट लिएर सर्लाही २ मा चुनाव लडेका महेन्द्र राय यादव अग्रता फराकिलो बनाएकाले जित्ने सम्भावना छ ।

जनमत पार्टीबाट अध्यक्ष डा. सीके राउत मात्र प्रतिनिधिसभा सदस्यमा जित हात पारे । एक सिट मात्र जितेपनि जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराएको राउतको मधेशमा बढी चर्चा छ ।

मधेश प्रदेशमा तीन स्वतन्त्र उम्मेदवार जित्न सफल भएको छ । सर्लाही ४ बाट अमरेश कुमार सिंह, रौतहट २ बाट किरण कुमार साह र रौतहट ३ बाट प्रभु साह निर्वाचित भएका छन् ।

को कहाँ बाजी मारे, हेर्नुहोस्

कांग्रेस
सप्तरी ३– दिनेश कुमार यादव
सप्तरी ४– तेजुलाल चौधरी
पर्सा २– अजयकुमार चौरसिया
पर्सा ४– रमेश रिजाल
धनुषा २– रामकृष्ण यादव
रौतहट ४– देवप्रसाद तिमिल्सिना

एमाले
पर्सा ३– राजकुमार गुप्ता
सिरहा १– रामशंकर यादव
सिरहा ३– लीलानाथ श्रेष्ठ
धनुषा ३– जुली कुमारी महतो
सर्लाही ३– हरिप्रसाद उप्रेती
बारा १– अच्यूतप्रसाद मैनाली
बारा ३– ज्वाला कुमारी साह

जनमत पार्टी
सप्तरी २– सीके राउत
नेकपा एस
रौतहट १– माधव कुमार नेपाल
बारा ४– कृष्ण कुमार श्रेष्ठ

जसपा
पर्सा १– प्रदिप यादव
सप्तरी १– नवलकिशोर साह
सिरहा २– राजकिशोर यादव
सिरहा ४– विरेन्द्र प्रसाद महतो
बारा २– रामसहाय प्रसाद यादव

लोसपा
महोत्तरी ३– महन्थ ठाकुर
महोत्तरी २– शरतसिंह भण्डारी
सर्लाही १– रामप्रकाश चौधरी

स्वतन्त्र
सर्लाही ४– अमरेश कुमार सिंह
रौतहट २– किरण कुमार साह
रौतहट ३– प्रभु साह

अग्रता:
धनुषा १ मा जसपाको दिपक कार्की
धनुषा ४ मा कांग्रेसका महेन्द्र यादव
महोत्तरी १ मा माओवादीका गिरीराजमणि पोखरेल
महोत्तरी ४ मा कांग्रेसका महेन्द्र कुमार राय
सर्लाही २ मा माओवादीबाट चुनाव लडेका महेन्द्र राय यादव

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर