गृहमन्त्री बालकृष्ण खाणलाई ब्रेक लगाउँदै राप्रपाका दीपक बोहोरा – Nepal Press

गृहमन्त्री बालकृष्ण खाणलाई ब्रेक लगाउँदै राप्रपाका दीपक बोहोरा

रूपन्देही । रुपन्देही क्षेत्र नं३ मा ८४ हजार ७४ मतगणना हुँदा राप्रपाका दीपक बोहोरोले निरन्तर अग्रता कायम राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार राप्रपाका दिपक बोहोराले ३२ हजार ८ सय ४८ मत ल्याएर अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेसका बालकृष्ण खाणले ३१ हजार ६ मतका साथ पछ्याउँदै छन् ।

अब खाणलाई जित्न कठिन देखिएको छ । अहिले ३ वटा वडाको बाँकी मत गणना भइरहेको छ । यसैगरी प्रदेश सभा सदस्यमा एमालेका तुलसी प्रसाद चौधरीले१३ हजार ४२२ मतले अग्रता लिएका छन् भने नेपाली कांग्रेसका रामचन्द्र ढकालले १३ हजार ३६७ मतका साथ पछ्याइरहेका छन् ।

अब करिब छ हजार मत गणना बाँकी रहेको छ । आज १२ बजेसम्म मतगणना सम्पन्न हुने निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर