उपेन्द्र यादव हारेपछि केन्द्रीय सदस्य तिवारीले छोडे जसपा – Nepal Press

उपेन्द्र यादव हारेपछि केन्द्रीय सदस्य तिवारीले छोडे जसपा

जनकपुरधाम । सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि सो क्षेत्रका नेता विकास तिवारी केन्द्रीय सदस्य पद त्यागेका छन् ।

नेता तिवारीले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको पत्र अध्यक्ष यादवलाई लेखेका हुन् । ’पार्टीको अकल्पनीय परिणाम देखेर नैतिकताको आधारमा राजिनामा दिँदैछु’, तिवारीले अध्यक्ष यादवलाई लेखेको पत्रमा उल्लेख छ ।

अगामी दिनमा पार्टीको निर्देशन बमोजिम साधरण सदस्यको रुपमापूर्ण सक्रियताका साथ काम गर्ने नेता तिवारीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर