शेरधनले भने- भोजपुरको विकासमा योगदान गरेको ठानेको थिएँ गलत सावित भएँ (भिडिओ) – Nepal Press

शेरधनले भने- भोजपुरको विकासमा योगदान गरेको ठानेको थिएँ गलत सावित भएँ (भिडिओ)

भोजपुर । एमाले नेता एवं पूर्वमुख्यमन्त्री शेरधन राईले मतदातालाई धन्यवाद दिएका छन् । माओवादीका सुदन किरातीसँग पराजित भएका राईले शुक्रबार पत्रकार सम्मेलन गर्दै मतदाताको माया, विश्वाससहितको अमूल्य भोटलाई शिरमा राखेर जिल्लाको विकास र समृद्धिमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफूले जिल्लाको विकास र समृद्धिमा छोटो समयमा योगदान गरेको भन्दै राईले यसपटक उचित मूल्यांकनसहित न्याय नपाए पनि अर्कोपटक न्याय पाउनेमा आशावादी रहेको बताए ।

‘म एउटा पार्टीको कार्यकर्ता वा नेतामा सीमीत थिइन र छैन, मेरो राजनैतिक नेतृत्व र व्यक्तित्वको विकास मेरो लागि थिएन, तपाईँको लागी थियो । मन्त्री, मुख्यमन्त्रीजस्तो गरिमामय ठाउँमा म कुनै स्वार्थ र लाभको लागि पुगेको थिइन, देश प्रदेश र जिल्लाको लागि थियो’, विज्ञप्तिमा राईले भनेका छन्, ‘मैले जे गरेँ इमान्दारपूर्वक गरेँ, धेरै गर्न सकिनँ होला, छोटो समयमा त्यो सम्भव पनि थिएन । तर, मैले जिल्लाको विकास र श्रीवृद्धिमा छोटो समयमा केही योगदान गरेको छु ।’

शेरधनले जिल्लाको विकासमा प्रत्यक्षरूपमा जोडिएकोले भोजपुरले साझा सम्पत्तिको रूपमा ग्रहण गरेर भरपुर सदुपयोग गर्नेछ भन्ने विश्वास लिएकोमा आफू गलत सावित भएको पनि बताएका छन् ।

उनले लेखेकका छन्, ‘चुनावमा हारजित हुन्छ सामान्य र स्वाभाविक कुरा हो एउटा लोकतान्त्रिक पार्टीको जिम्मेवार नेताको हैसियतले जनताको अभिमत अर्थात निर्वाचन परिणामलाई सहर्ष स्वीकार गरेको छु । म पराजित भएर मलाई केही फरक परेको छैन । तर, जिल्ला र भोजपुरवासीलाई फरक पर्न गएमा पक्कै पनि अफसोच हुनेछ । म चाहन्छु त्यो नहोस् ।’

अनेकन भ्रम, कुप्रचार, चरित्र हत्या, पैसा वितरण, भोजभतेर, आग्रह पूर्वाग्रह, घात अन्तर्घात र तमाम षड्यन्त्रका बाबजुद आफूले पाएको मतदाताको मायाप्रति शेरधनले आभार व्यक्त गरेका छन् ।

निर्वाचन परिणामको पार्टीभित्र निर्मम समीक्षा गर्ने भन्दै राईले अबको लडाइँको तयारीमा उच्च मनोबलका साथ नयाँ ढंगले लाग्न उनको आव्हान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर