नेकपा एसका सम्मानित नेता खनाल दुई हजार मतले पछाडि, सुवास नेम्वाङलाई १७ सयको अग्रता – Nepal Press

नेकपा एसका सम्मानित नेता खनाल दुई हजार मतले पछाडि, सुवास नेम्वाङलाई १७ सयको अग्रता

काठमाडौं । गठबन्धनको बलमा १० सीट जितेको नेकपा एसका सम्मानित नेता झलनाथ खनाल भने मतगणनाको सुरुदेखि नै पछि परेका छन् । इलाम क्षेत्र नम्बर १ मा गठबन्धनबाट साझा उम्मेदवार बनेका खनाल पछिल्लो अपडेटअनुसार दुई हजार मतले पछि परेका छन् ।

एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत १३ हजार ७४६ मतसहित अग्रस्थानमा रहदा पूर्व प्रधानमन्त्री खनाल ११ हजार ७१२ मतले पछ्याइरहेका छन् ।

उनी सुरुदेखि नै महेशभन्दा पछि परेका हुन् । उता नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ भने २ हजार मतले नै कांग्रेसभन्दा अगाडि छन् । नेम्वाङ २१ हजार १२० मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका डम्बर वहादुर खड्काले १९ हजार ४२६ मत ल्याएर पछ्याइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर