चुनाव भाँडिएको बाजुरामा मानव अधिकार आयोगले थाल्यो स्थलगत अनुसन्धान – Nepal Press

चुनाव भाँडिएको बाजुरामा मानव अधिकार आयोगले थाल्यो स्थलगत अनुसन्धान

काठमाडौं । बाजुरामा आमनिर्वाचनको क्रममा मंसिर ४ गते दुईजना व्यक्तिको मृत्युबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरू गरेको छ । घटनाको बारेमा स्थलगत छानबिन तथा अनुृसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली जिल्लातर्फ खटाइएको आयोगले जनाएको हो ।

आयोगको टोलीलाई आवश्यक सहयोग गर्नका लागि आयोगले एक विज्ञप्तीमार्फत आग्रह गरेको छ । स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनितिक दल, नागरिक समाज, मानव अधिकारकर्मी, पीडित तथा पीडित परिवार र सर्वसाधारणलाई अनुसन्धानमा सहयोग गर्न आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले एक विज्ञप्तीमार्फत आग्रह गरेका हुन् ।

निर्वाचन आयोगले बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ मा मंसिर १० गते पुनः निर्वाचन गर्ने निर्णय गरिसकेको छ । मंसिर १० गते पुनः निर्वाचन गर्ने आयोगले निर्णय गरेको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव ऋषिराज भुसालले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर