मतगणना नसकिँदै पाल्पामा ठाकुर गैरेको जित सुनिश्चित – Nepal Press

मतगणना नसकिँदै पाल्पामा ठाकुर गैरेको जित सुनिश्चित

रुपन्देही । पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले पहिलो पटकको प्रतिस्पर्धामै जित सुनिश्चित बनाएका छन् । मतगणाना जारी रहेपनि उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेलाई फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

स्थानीय तहको निर्वाचनमा वडास्तरमै भएको गठबन्धनविरुद्ध एमाले एक्लै लडेर बहुमत पालिकामा जित निकालेका नेता गैरेले अहिले पनि यसैगरी जित सुनिश्चित बनाएका हुन् ।

उनको क्षेत्रमा स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा करिब ५ हजार एमाले पछाडि रहेको थियो तर अहिलेको नतिजाले उनले त्यो मतबाटै आफूलाई सुरक्षित बनाएका छन् । एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरे जित नजिक पुगेको र गठबन्धनभित्र्र इमान्दारिता नदेखिएको नेकपा एसकै नेताकार्यकर्ताले सामाजिक सन्जालमा लेख्न थालिसकेका छन्।

​गठबन्धनतर्फका नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका सोमप्रसाद पाण्डेले पछ्याइरहेका छन्। यद्यपि मतपरिणामअनुसार मतान्तर निकै बढेको छ। कुल ४४ वडामध्ये ३ वटा वडाको मात्र मतगणना हुन बाँकी छ।

पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरेले २७ हजार २८८ प्राप्त गरेका छन्। गठबन्धनतर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेले २२ हजार ९९५ मत पाएका छन्।

४ हजार २९३ मतान्तरले गैरे अगाडि छन्। अहिलेसम्मको मत परिणामअनुसार उनको जित सुनिश्चित देखिएको छ। यो क्षेत्रमा ५४ हजार मत खसेको थियो ।

लामो समय यो क्षेत्रबाट विजय हुँदै आएका सोमप्रसाद पाण्डेकै कारण ठाकुरले अवसर नपाएको गुनासो आएको बेला पाण्डेले पार्टी छाडेपछि गैरेले क्षमता देखाउने अवसर पाएका छन् । पार्टीको पोलिटब्यूरो सदस्य गैरे पाल्पाको जिल्ला इन्चार्ज हुन् । क्षेत्र नं १ मा पनि एमाले उम्मेदार नारायण आचार्यको जित सुनिश्चित भएको छ भने प्रदेश सांसद पनि एमाालेले जितिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर