एमालेबाट मुख्यमन्त्रीका दाबेदार खगराज प्रदेशसभामा निर्वाचित – Nepal Press

एमालेबाट मुख्यमन्त्रीका दाबेदार खगराज प्रदेशसभामा निर्वाचित

पोखरा । नेकपा एमालेबाट गण्डकी प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा हेरिएका खगराज अधिकारी प्रदेशसभामा निर्वाचित भएका छन् ।

संघमा गृह र स्वास्थ्य मन्त्री सम्हालिसकेका अधिकारी कास्की १ (१) निर्वाचन क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।

उनले माओवादी केन्द्रका उम्मेदवार दीपक कोइरालालाई ३ हजार ९९६ मतान्तरले हराएका हुन् । अधिकारीले १५ हजार ५ सय २३ मत पाउँदा कोइरालाले ११ हजार ६२७ मत पाए । कास्की १ (१) मा कुल ३६ हजार ६५५ मत खसेको थियो ।

गण्डकीमा एमालेले योसँगै ११ सिट प्रदेशसभामा जितेको छ । ३६ निर्वाचन क्षेत्रमा कांग्रेसले १६ सिट जितिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर