हुम्ला प्रदेशसभा (१)मा माओवादीका परियार निर्वाचित
नेपाल प्रेस
२०७९ मंसिर ९ गते ८:४३
हुम्ला । हुम्ला प्रदेशसभा (१)बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रणसिंह परियारले ६ हजार चार सय ८१ मत विजयी भएका छन् । उनले स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई एक हजार आठ सय ५१ मतान्तरले पराजित गरेका हुन् ।
शाहीले चार हजार छ सय ३० मत प्राप्त गरेका थिए । यस्तै नेकपा(एमाले)का उम्मेदवार दल फडेराले दुई हजार ९९ मत प्राप्त गर्नुभयो भने नेकपा (एकीकृत समाजवादी)का हस्तबहादुर शाहीले सात सय ८४ मत प्राप्त गरे।
–––
प्रतिक्रिया