बारा १ बाट एमालेका मैनाली निर्वाचित, कांग्रेस सहमहामन्त्री चौधरी पराजित – Nepal Press

बारा १ बाट एमालेका मैनाली निर्वाचित, कांग्रेस सहमहामन्त्री चौधरी पराजित

जनकपुरधाम । बारा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका अच्युतप्रसाद मैनाली निर्वाचित भएका छन् ।

जसपासँगको तालमेलमा उम्मेदवार बनेका मैनालीले ९ हजारभन्दा बढी मतान्तरले नेपाली कांग्रेसका सह-महामन्त्री उमाकान्त चौधरीलाई पराजित गरेका हुन् । चौधरी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार थिए ।

मैनालीले ३९ हजार १९५ मत ल्याएर निर्वाचित हुँदा चौधरीले ३० हजार ५६ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर