कोमल वलीलाई पराजित गर्दै दाङ-३ मा काँग्रेसका दीपक गिरि विजयी
नेपाल प्रेस
२०७९ मंसिर ८ गते २२:३८
रुपन्देही । दाङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका दीपक गिरी विजयी भएका छन् ।
गिरीले ३६ हजार ८ सय ४२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार कोमल वलीले २९ हजार ३२ मत ल्याएकी छन् ।
गिरिले ७ हजार ८ सय १० मतको अन्तरले एमाले उम्मेदवार वलीलाई पराजित गरे । त्यस क्षेत्रमा ९० हजार ३ सय ४३ मत खसेको थियो ।
प्रतिक्रिया