माओवादीका सचिव खनाल हार नजिक, एमालेका बलरामसँग आधा मतले पछाडि
काठमाडौं । नेकपा माओवादी केन्द्रका पदाधिकारीमध्ये उपमहासचिव चक्रपाणि खनाल कपिलवस्तुमा चुनाव हार्ने निश्चित भएको छ ।
५ वर्षअघि एमालेसँगको गठबन्धनबाट कपिलवस्तु १ मा चुनाव जितेर मन्त्री बनेका खनाल यस पटक कांग्रेससँगको गठबन्धन हुँदा भारी मतले हार्ने निश्चित भएको हो ।
मतगणनाको पछिल्लो परिणाम अनुसार खनाल करिब १४ हजार मतले पछाडि छ । एमालेका बलराम अधिकारीले ३० हजार ६५ मतका साथ अग्रता लिइरहँदा खनालले १६ हजार ११५ मत पाएका छन् ।
यस क्षेत्रमा सीके राउतको जनमत पार्टीका नरेन्द्र प्रसाद चौधरी ८ हजार ५४ मतका साथ तेस्रो स्थानमा छन् भने रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका राम मिलन थारुले ३५ सय ५३ मत पाएका छन् ।