सुदूरपश्चिमका दुई बहालवाला मन्त्री पराजित – Nepal Press

सुदूरपश्चिमका दुई बहालवाला मन्त्री पराजित

कैलाली । सुदूरपश्चिम प्रदेशका दुई बहालवाल मन्त्री पराजित भएका छन् । कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर १ को (२) मा प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावल पराजित भएका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार भएका कांग्रेसका रावल अघिल्लो पटक सोही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएर कांग्रेस संसदीय दलको नेता समेत भएका थिए । बहालवाल मन्त्री रावललाई नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीले पराजित गरेका हुन् ।

११ हजार ३१७ मत ल्याई चौधरी विजयी हुनु हुँदा रावलले ८ हजार ५३ मत प्राप्त गरेका थिए । एमालेका द्वारिकाप्रसाद न्यौपानेले ५ हजार ३२० मत सहित तेस्रो भए ।

उता डडेल्धुराको प्रदेशसभा–२ मा पनि स्वतन्त्र उम्मेदवार डा. तारा जोशीले प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहोरालाई ४८० मतले पराजित गरे ।

जोशीले ११ हजार १ सय ७० मत ल्याएर विजयी हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका बोहराले १० हजार ६ सय ९० मत पाएका थिए ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका जोशी आसन्न निर्वाचनमा डडेल्धुरा प्रदेश २ बाट सत्ता गठबन्धनको उम्मेदवारको दौडमा थिए । तर, नेकपा एसले उक्त क्षेत्र नपाएपछि जोशीले स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन् ।

अघिल्लो पटक कांग्रेस उम्मेदवार कर्ण मल्लसँग जोशी झिनो मतान्तरले पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर