झापा–४ मा एमालेका साँवा विजयी – Nepal Press

झापा–४ मा एमालेका साँवा विजयी

काठमाडौं । झापा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार लालप्रसाद (एलपी) साँवा लिम्बु विजयी भएका छन् । उनले २९ हजार तीन सय १५ मत प्राप्त गरेर विजयी बनेको निर्वाचन अधिकृत प्रकाश गौतमले बताए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेबेले २२ हजार चार सय ४८ मत प्राप्त गरे । साँवाले विसं २०७४ को निर्वाचनमा पनि थेबेलाई पराजित गर्दै विजयी बनेका थिए ।

यसैगरी घण्टी चुनाव चिह्नका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको भनाइ छ । एक लाख २३ हजार एक सय २४ मतदाता रहेको यस क्षेत्रमा ७९ हजार चार सय ८३ मतदाताले मतदान गरेका थिए । जसमा चार हजार छ सय ४७ मत बदर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर