गण्डकीका मन्त्री थापा दोस्रो पटक प्रदेश सभामा निर्वाचित – Nepal Press

गण्डकीका मन्त्री थापा दोस्रो पटक प्रदेश सभामा निर्वाचित

पोखरा । गण्डकी प्रदेशका कानून मन्त्री विन्दुकुमार थापा दोस्रो पटक प्रदेश सभा सदस्य चुनिएका छन् ।

थापाले एमाले उम्मेदवार मीना गुरुङलाई हराउँदै दोस्रो पटक प्रदेश सभाको ढोका खोलेका हुन्। थापाले ९ हजार २८० मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेकी मीना गुरुङले ७ हजार ९७१ मत पाइन्।

मन्त्री थापा अनिश्चयका माझ सांसद निर्वाचित भएका हुन् । उनलाई यसपटक एमाले भन्दा पनि आफ्नै कांग्रेसका नेता कार्यकर्ताबाट डर थियो ।

कास्की २(२) मा टिकटको आकाँक्षी रहेका पूर्व मन्त्री कुमार खड्का समूहले उनलाई हराउने डर थियो । अघिल्लो पटक समानुपातिकबाट प्रदेश सभा सदस्य बनेकी गुरुङलाई पनि कुमार समूहकै आशा थियो ।

योसँगै कांग्रेसले गण्डकी प्रदेशसभामा ११ सिट जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर