रुपन्देहीबाट प्रदेशसभामा लोसपाका पाण्डे विजयी
नेपाल प्रेस
२०७९ मंसिर ८ गते ७:१०
रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ को १ बाट प्रदेशसभा सदस्यमा पाँच दलीय सत्ता गठबन्धनबाट लोसपाका सन्तोषकुमार पाण्डेय विजयी भएका छन् ।
प्रदेशसभा निर्वाचित पाण्डेयले १४ हजार ९२८ मत ल्याए । तीन दलीय गठबन्धनका जसपाका महेन्द्रकुमार यादवले १० हजार ७९७ मत ल्याएका छन् । हाम्रो नेपाली पार्टीका गोपाल भण्डारीले ५ हजार ४६२ मत ल्याई तेस्रो स्थानमा रहे ।
३८ वर्षका पाण्डेय २०७४ मा पनि यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनी लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत हुन् ।
प्रतिक्रिया