माओवादीको ‘आधार इलाका’ बर्दिया २ मा रेशम चौधरीका बुवा निर्वाचित
नेपाल प्रेस
२०७९ मंसिर ८ गते ०:२३
रुपन्देही । बर्दिया क्षेत्र नम्बर २ मा लालवीर चौधरी विजयी भएका छन् ।
उनले २६ हजार ५२० मत पाए । चौधरी रेशम चौधरीका बुवा हुन् । रेशम टीकापुर घटनामा दोषी ठहर भएर अहिले जेलमा रहेका छन् ।
यस्तै गठबन्धनका उम्मेदवार सुरेश पन्थले २६ हजार ३८४ मत पाए ।
नेकपा एमालेका पंकज सिंह राठौरले १६ हजार ०९० मत पाए ।
यसअघि ०६४ देखि ७४सम्मका तीनै निर्वाचन जितेको माओवादीले यो क्षेत्रलाई आधार इलाका मानेको थियो ।
थारु बाहुल्य रहेको यो क्षेत्रमा यसअघि लगातार जितेका सन्तकुमार चौधरीलाई माओवादीले उम्मेदारी नदिएर सुरेश पन्तलाई उम्मेदार बनाएको थियो ।
प्रतिक्रिया