म्याग्दीमा माओवादी उम्मेदवार प्रदेशसभामा निर्वाचित – Nepal Press

म्याग्दीमा माओवादी उम्मेदवार प्रदेशसभामा निर्वाचित

पोखरा । माओवादी केन्द्रले गण्डकी प्रदेशसभामा चौथो सिट जितेको छ । यसअघि म्याग्दी २ गोरखा १(१) तथा तनहुँ १(२) मा जितेको माओवादीले म्याग्दी १ मा पनि प्रदेशसभा निर्वाचन जित्दै प्रदेशसभामा अहिलेसम्म आफ्नो सिट संख्या ४ पुर्‍याएको हो ।

म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र १ मा माओवादी केन्द्रका उम्मेदवार हरि भण्डारी विजयी भएका छन् । उनले १२ हजार ७४० मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार देवेन्द्र बहादुर कटुवालले ११ हजार ७६५ मत पाए । म्याग्दी २ मा पनि यसअघि नै माओवादीका रेशम जुग्जाली मगर निर्वाचित भएका छन् ।

योसँगै माओवादी सम्मिलित कांग्रेस नेतृत्वको गठबन्धनले हालसम्म प्रदेशसभामा १५ सिट जितेको छ । माओवादीले ४ सिट जित्दा हालसम्म कांग्रेसले १० सिट र नेपाल समाजवादी पार्टीले १ सिट जितेको छ । एमालेले भने हालसम्म ६ सिट मात्रै जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर