समानुपातिकमा एमालेले ३ लाख कटायो, अरू दलले कति पाए ? – Nepal Press

समानुपातिकमा एमालेले ३ लाख कटायो, अरू दलले कति पाए ?

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले ३ लाख मत कटाएको छ ।

निर्वाचन आयोगको पछिल्लो नतिजा अनुसार समानुपातिकतर्फ एमाले पहिलो स्थानमा छ । अहिलेसम्म एमालेले ३ लाख १७ हजार ९२२ मतका साथ अग्रता लिएको छ भने कांग्रेस २ लाख ९५ हजार ३४१ मतसहित दोस्रोमा छ ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ५९ हजार ६२० मत पाएको छ भने नेकपा ९माओवादी केन्द्र० को एक लाख ४३ हजार ६०० मत छ ।

अहिलेसम्म माओवादीपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले ८३ हजार ६६८ मतसहित पाँचौँ स्थानमा छ भने जनता समाजवादी पार्टी ३० हजार ९०९ मतसहित छैटौँ र नेपाल मजदुर किसान पार्टी २८ हजार ५४५ मतसहित सातौँ स्थानमा छ ।

सिके राउत नेतृत्वको जनमत पार्टी २३ हजार १ मतसहित आठौँ स्थानमा छ । नेकपा एसको अहिलेसम्म १८ हजार ३७५ मतसहित नवौँ स्थानमा छ । १०औ नम्बरमा रहेको नागरिक उन्मुक्ति पार्टीले १४ हजार ८६२ मतसहित प्राप्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर