मकवानपुर–१ को प्रदेशसभा २ मा एमालेका एकालाल श्रेष्ठ विजयी – Nepal Press

मकवानपुर–१ को प्रदेशसभा २ मा एमालेका एकालाल श्रेष्ठ विजयी

हेटौँडा । मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (२) मा नेकपा एमालेका एकालाल श्रेष्ठ निर्वाचित भएका छन् ।

एमाले जिल्ला कमिटी अध्यक्षसमेत रहेका श्रेष्ठले गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका आनन्दराम पराजुलीलाई ८ सय ७१ मतान्तरले पराजित गरेका हुन् ।

४ मंसिर आइतबार भएको मतदानमा प्रदेशसभा ९ख० मा ४५ हजार २ सय ५६ मत खसेको थियो । जसमा श्रेष्ठले १४ हजार २ सय २५ मत ल्याउँदै जित निकाले । पराजुलीले १३ हजार ३ सय ५४ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर