मकवानपुर २ (२) बाट कांग्रेसका बानियाँ विजयी – Nepal Press

मकवानपुर २ (२) बाट कांग्रेसका बानियाँ विजयी

हेटौंडा । नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

भर्खरै सकिएको मत गणनाअनुसार बानियाँले नेकपा एमालेका लालबहादुर थापालाई हराउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

बानियाँले थापालाई १७८२ मतान्तरले हराएका हुन् । बानियाँले १८७१७ मत प्राप्त गर्दा एमालेका थापाले १६९३५ मत प्राप्त गरेका हुन् ।

भर्खरै मत परिणाम सार्वजनिक भएता पनि आधिकारिक घोषणा भने हुन बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर