गठबन्धनले गुमायो जुम्ला, प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवार शाही विजयी – Nepal Press

गठबन्धनले गुमायो जुम्ला, प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवार शाही विजयी

काठमाडौं । जुम्लाको प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजयी भएका छन् ।

धारो चुनाव चिन्हका शाही ९ हजार ६४५ मतसहित विजयी हुँदा गठबन्धनबाट नेपाली कांग्रेसका ललितजंग शाही ७ हजार ७५५ मतमा रोकिएका छन् ।

पार्टीले टिकट नदिएपछि कांग्रेस नेता शाही स्वतन्त्र उम्मेदवार बनेका थिए । क्षेत्र नम्बर २ बाट यसअघि नै एमालेका टेकराज पछाई विजयी भइसकेका छन् ।

प्रतिनिधिसभातर्फ राप्रपाका ज्ञानेन्द्र शाही विजयोन्मुख छन् । कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी मिल्दा निकै बलियो मानिएको जुम्लामा गठबन्धनले तीनै सीट गुमाउने भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर