बागलुङ १ मा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्र बहादुर केसी विजयी
नेपाल प्रेस
२०७९ मंसिर ७ गते १५:५९
बागलुङ । बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी बनेका छन् । अन्तिम मत परिणामअनुसार केसीले २१ हजार ४५१ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका सूर्य पाठकले १८ हजार ८२५ मत पाएका छन् ।
केसी यसपटक सत्ता गठबन्धनबाट उम्मेदवार बनेर जित हासिल गरेका हुन् ।
प्रतिक्रिया