ताप्लेजुङबाट एमालेका सचिव योगेश भट्टराई विजयी – Nepal Press

ताप्लेजुङबाट एमालेका सचिव योगेश भट्टराई विजयी

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट दोस्रोपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

मंगलवारबाट सुरू भएको मतगणना सकिँदा गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाथोकीलाई २०४ मतले पछि पार्दै भट्टराईले जितेका हुन् । भट्टराईले २१ हजार ९४२ मत पाए । माओवादीका खेलप्रसाद २१ हजार ७३८ मा रोकिए ।

निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर