डडेल्धुरामा देउवाले बाजी मारे, ओली, प्रचण्ड र माधव नेपाल पनि ‘सेफ जोन’मा – Nepal Press

डडेल्धुरामा देउवाले बाजी मारे, ओली, प्रचण्ड र माधव नेपाल पनि ‘सेफ जोन’मा

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट ठुला दलका शीर्ष नेताहरु सुरक्षित देखिएका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भइसकेका छन् ।

उनले प्रधानमन्त्री देउवा भारी मतान्तरका साथ विजयी भएका हुन्। प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गर्दै विजयी बने । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ मत प्राप्त गरे ।

देउवाले डडेल्धुराबाट २०४८ सालदेखि लगातार चुनाव जित्दै आइरहेका छन् ।

यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि झापा ५ बाट अध्याधिक मतसहित अग्रता लिइरहेका छन्। पछिल्लो मतपरिणामअनुसार ४५ हजार १६२ ल्याएर लिड गरिरहेका छन् ।

उनलाई कांग्रेसका खगेन्द्र अधिकारीले २० हजार ७२८ मत ल्याएर पछ्याइरहेका छन् । त्यहाँ तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेल ९ हजार ३२० मत ल्याएर तेस्रो छन् ।

यस्तै, गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि भारी मतान्तरले लिड गरेका छन् ।
पछिल्लो मतपरिणमअनुसार १५ हजार ५७६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ४ हजार ७०५ मत ल्याएका छन्। एमालेका अब्दुस मियो ३ हजार ९२३ मत ल्याएर तेस्रो स्थानमा छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि रौतहट १ बाट सुरुवाती चरणदेखि नै लिड गरिरहेका छन् ।
अध्यक्ष नेपालले १८ हजार ५३६ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका अजय गुप्ताले १४ हजार ७० मत ल्याएर पछ्याइरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर