भक्तपुर २ : दुर्लभ थापाको निरन्तर अग्रता, ६०६ मतले पछि परे महेश बस्नेत – Nepal Press

भक्तपुर २ : दुर्लभ थापाको निरन्तर अग्रता, ६०६ मतले पछि परे महेश बस्नेत

भक्तपुर । भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाले निरन्तर अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार थापाले २२ हजार २४८ मत ल्याएर लिड गरेका हुन् ।

उनलाई एमालेका महेश बस्नेतले २१ हजार ६४३ मतले पछ्याइरहेका छन् । उनीहरुको मतान्तर ६०६ मात्रै छ ।

नेमकिपाकी अनुराधा थापामगर ५ हजार ९७३, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३ हजार ७३३ र राप्रपाका मोहन केसीले २ हजार ३५२ मत ल्याएका छन् ।

यहाँ करिब ५ हजारमात्रै मत गन्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर