गणकको कार्ड लगाएर मतगणना स्थल पुगेपछि पोखरामा कांग्रेस नेता प्रहरी नियन्त्रणमा – Nepal Press

गणकको कार्ड लगाएर मतगणना स्थल पुगेपछि पोखरामा कांग्रेस नेता प्रहरी नियन्त्रणमा

पोखरा । मतगणना स्थलमा गणकको कार्ड लगाएर गएपछि पोखरामा कांग्रेस नेता प्रहरीको नियन्त्रणमा परेका छन् ।

कांग्रेस नेता मोहन बास्तोला मतगणना गर्ने घेराभित्रै अर्कैको कार्ड लगाएर बसिरहेको पाइएपछि उनलाई नियन्त्रणमा लिएको हो ।

पोखरा-११ को निवर्तमान वडाध्यक्ष बास्तोला मतगणना भइरहेको ठाउँमा बसेको देखेपछि एमालेले विरोध गरेको थियो ।
बास्तोलाले जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीको कार्ड लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर