ओलीलाई दोब्बर मतको अग्रता, सर्वाधिक मतको आफ्नै रेकर्ड कायम राख्लान् ? – Nepal Press

ओलीलाई दोब्बर मतको अग्रता, सर्वाधिक मतको आफ्नै रेकर्ड कायम राख्लान् ?

काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली दोब्बर मतान्तरसहित झापा क्षेत्र नम्बर ५ मा विजयोन्मुख देखिएका छन् । बिहान ८ बजेसम्मको मतगणना अनुसार ७१ हजार ४०१ मत गनिसक्दा ओली ३६ हजार ५२८ मतसहित अग्रस्थानमा छन् ।

उनलाई गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवा खगेन्द्रपाण्डव अधिकारीले १८ हजार ४१६ मतसहित पछ्याइरहेका छन् । झापा ५ मा कुल १ लाख ५४ हजार २८९ मतदाता रहेकोमा यसपटक प्रतिनिधि सभामा १ लाख २ हजार १५० मत खसेको थियो । हालसम्म गणना भएको ७१ हजार ३४८ मतमध्ये करीव चार हजार बदर भएको छ ।

सो क्षेत्रमा घण्टीका उम्मेदवार सुरेश पोखरेलले ७ हजार ९८० मतका साथ तेस्रो स्थान लिइरहेका बेला ओली हराउन भनेर झापा झरेका युग पाठकले २०५ मत पाएका छन् ।

३१ हजार मत गन्न बाँकी रहदा ३६ हजार कटाएका ओलीले अब गणना हुन बाँकी रहेको मतको आधा ल्याउन सक्दा विगतमा आफूले कायम गरेको सर्वाधिक मतको आफ्नै रेकर्ड भने कायम राख्ने सम्भावना कम छ ।

ओलीले अघिल्लो निर्वाचनमा ५७ हजार १३९ मतका साथ विजयी भएर देशभर सबैभन्दा बढी मतले जित्ने उम्मेदवारमा परेका थिए । त्यसबेला पनि उनका प्रतिस्पर्धी रहेका खगेन्द्रले २७ हजार २५७ मत पाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर