गण्डकीमा भावी सरकारको चासो : कांग्रेसले १० सीट जित्दा अरुको कति ? – Nepal Press

गण्डकीमा भावी सरकारको चासो : कांग्रेसले १० सीट जित्दा अरुको कति ?

पोखरा । गण्डकी प्रदेशसभा निर्वाचनमा हालसम्म नेपाली कांग्रेसले प्रत्यक्षमा १० सीट जितिसकेको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा ३६ सीट प्रत्यक्ष निर्वाचनबाट चुनिन्छन् भने २४ जना समानुपातिकबाट चुनिने व्यवस्था छ ।

अहिलेसम्मको परिणामअनुसार कांग्रेसले सर्वाधिक धेरै १० सीट जितेको छ । कांग्रेसले बागलुङमा ४, मुस्ताङमा २, गोरखामा २, तनहुँ र म्याग्दीमा हालसम्म १/१ सिट जितेको छ ।
एमालेले तनहुँ र कास्कीमा एक-एक सीट जितेको छ ।

माओवादी केन्द्रले हालसम्म प्रदेशसभामा १ सीट जितेको छ । माओवादीबाट म्याग्दीमा रेशम जुग्जाली निर्वाचित भइसकेका छन् । स्वतन्त्रबाट उठेका दीपक मनाङे भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर