पूर्व संघीय सांसद सिग्देल प्रदेशसभामा पराजित, कांग्रेसका आलेले मारे बाजी – Nepal Press

पूर्व संघीय सांसद सिग्देल प्रदेशसभामा पराजित, कांग्रेसका आलेले मारे बाजी

पोखरा। निवर्तमान प्रतिनिधिसभा सदस्य केदार सिग्देल प्रदेशसभा निर्वाचनमा पराजित भएका छन् । नेकपा एमालेबाट तनहुँ २ (२) मा उठेका सिग्देललाई कांग्रेसका जीतप्रकाश आलेले हार चखाएका हुन् ।

नेपाली कांग्रेसका आलेले ६४० मतान्तरसहित सिग्देललाई हराएका हुन् । आलेले १३ हजार ८६० मत प्राप्त सिग्देलले १३ हजार २२० मत पाए । आले नेपाली कांग्रेसका जिल्ला सभापति समेत हुन् ।

योसँगै नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा हालसम्म ९ सिट जितिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर