लुम्बिनी प्रदेशसभामा जसपाले खाता खोल्यो – Nepal Press

लुम्बिनी प्रदेशसभामा जसपाले खाता खोल्यो

रुपन्देही । लुम्बिनी प्रदेश सभामा जसपाले पनि खाता खालेको छ । बाँके क्षेत्र नं २ (१) प्रदेश सभा सदस्य पदमा जनता समाजवादी पार्टीका भण्डारी लाल यादव विजयी भएका हुन् ।

मङ्गलवार सम्पन्न मतगणनामा जसपाका उम्मेदवार यादव विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

यादवले ११ हजार ५०४ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयबहादुर यादवले ९ हजार ३५६ मत ल्याए । यसअघि यो क्षेत्रबाट जितेका विजयबहादुर लुम्बिनी प्रदेशका पूर्व मन्त्री हुन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार राजकुमार कर्मीले ८ हजार ७३१, स्वतन्त्र उम्मेदवार अब्दुल कादिर साईले १ हजार ४५२, अर्का स्वतन्त्र उम्मेदवार राजकुमार रौनियारले ८५५ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर