गण्डकी प्रदेशसभामा माओवादीले खोल्यो खाता
नेपाल प्रेस
२०७९ मंसिर ६ गते २२:२०
पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशसभामा खाता खोलेको छ । माओवादीबाट म्याग्दीको प्रदेशसभा (२) मा उम्मेदवार बनेका रेशम जुग्जाली निर्वाचित भएसँगै माओवादीले खाता खोलेको हो ।
जुग्जालीले ९ हजार ४ सय ५४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका यामबहादुर गर्बुजाले ९ हजार ३५३ मत ल्याए ।
गण्डकी प्रदेशसभामा यसअघि नेपाली कांग्रेसले ४ सिट जितिसकेको छ ।
प्रतिक्रिया