कैलाली ५ मा एमालेका रानाको अग्रता कायमै
नेपाल प्रेस
२०७९ मंसिर ६ गते २१:३९
कैलाली । कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार नारदमुनी रानाले अग्रता कायमै राखेका छन् ।
चार हजार ८४ मत गणना हुँदा एमालेका रानाले एक हजार चार सय ५१ मत ल्याएका छन् ।
उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका उम्मेदवार डिल्लीराज पन्तले एक हजार एक सय ९२ मत ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा ले पाँच सय ४३ मत ल्याएका छन् ।
अघिल्लो पटक पनि प्रधानमन्त्री पत्नी आरजु राणालाई हराएर प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
प्रतिक्रिया