झलनाथलाई जित निकाल्न कठिन, एमालेका महेश बस्नेतको अग्रता फराकिलो बन्दै
नेपाल प्रेस
२०७९ मंसिर ६ गते २०:४८
काठमाडौं । चुनावी मैदानमा रहेका पाँचजना पूर्व प्रधानमन्त्रीमध्ये झलनाथ खनालको बिजय कठिन बनेको छ ।
नेकपा एसका सम्मानित नेता समेत रहेका खनाल इलाम १ बाट गठबन्धनको साझा उम्मेदवार छन् । मंगलवार साँझ ८ बजेसम्मको मतगणना अनुसार खनाल करिब १५ सय मतले पछाडि छन् ।
गणनाको सुरुदेखि नै पछि परेका खनाल विगतमा आफ्नै कार्यकर्ता रहेका महेश बस्नेतसँग प्रतिस्पर्धामा छन ।
इलाम नगरपालिकाका पूर्व मेयर समेत रहेका एमाले इलामका अध्यक्ष महेश बस्नेत १० हजार २८७ मतसहित अग्रस्थानमा रहदा खनाल ८ हजार ७८० मतसहित दोस्रो स्थानमा छन् ।
खनालले अग्रता लिने अवस्था कमजोर बन्दै गएको छ ।
प्रतिक्रिया