मुस्ताङमा प्रत्यक्षमा निल भएको एमाले समानुपातिकमा पहिलो – Nepal Press

मुस्ताङमा प्रत्यक्षमा निल भएको एमाले समानुपातिकमा पहिलो

पोखरा । मुस्ताङमा नेकपा एमालेले न्यूनतम २ र सबै तीन सीट नै जित्ने अनुमान गरिएको थियो । तर प्रत्यक्षतर्फ मुस्ताङको प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा एमाले निल भयो ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका योगेश गौचन थकालीले एमालेका प्रेम तुलाचनलाई हराउँदा दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्रमा नाम्डु गुरुङ र विकल तुलाचनले विजयी हासिल गरे । प्रतिनिधिसभा निर्वाचनमा एमालेले ३०७८ मत पायो भने प्रदेशसभा निर्वाचन क्षेत्र १ मा ७९३ र प्रदेशसभा निर्वाचन क्षेत्र २ मा २५६५ मत प्राप्त गर्यो ।

प्रत्यक्षमा निल भएको एमाले मुस्ताङको समानुपातिक निर्वाचनमा भने पहिलो भएको छ । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ एमालेले ३ हजार ४०४ मत पाएको छ । यहाँ समानुपातिकतर्फ कुल ७ हजार ६९९ मत खसेको थियो । समानुपातिकमा दोस्रो बढी मत पाएको कांग्रेसले २ हजार ४४८ मत पाएको छ । माओवादी केन्द्रले ९८९ र राष्ट्रिय स्वतन्त्र पार्टीले २९९ मत पाएको छ ।

प्रदेशको समानुपातिक निर्वाचनमा पनि नेकपा एमालेले यहाँ सर्वाधिक मत पाएको छ । मुस्ताङमा एमालेले ३ हजार १०१ मत पाउँदा नेपाली कांग्रेसले २ हजार २५७, नेकपा एकीकृत समाजवादीले १ हजार ३० र राप्रपाले ४४० मत पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर