३५४९ मत गन्न बाँकी हुँदै काठमाडौं ५ मा ईश्वर पोखरेल पराजित – Nepal Press

३५४९ मत गन्न बाँकी हुँदै काठमाडौं ५ मा ईश्वर पोखरेल पराजित

काठमाडौं । मतगणना जारी रहँदै काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलको जित निश्चित भएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै उनले पहिलो पटक संसद्को यात्रा तय गरेका हुन् ।

अहिले यस क्षेत्रको ३ हजार ५ सय ४९ मत मात्र गन्न बाँकी छ । अहिलेसम्मको गणनामा पौडेलले १४ हजार ८३ मतका साथ अग्रता लिइरहेका छन् । पोखरेलको ९ हजार ५ सय ४ मत छ । उनीहरुबीको अन्तर ४ हजार ५ सय ७९ पुगेको छ । गन्न बाँकी मतभन्दा मतान्तर बढी भएका प्रदीप अनौपचारिक रूपमा विजयी भएका हुन् । कार्यकर्ता तथा समर्थकले उनलाई बधाई दिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर