झापा ५ मा ओलीको ९ हजार बढी मतको अग्रता
नेपाल प्रेस
२०७९ मंसिर ६ गते २०:२५
काठमाडौं । झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फराकिलो मतान्तरसहित अग्रता कायमै गरेका छन् ।
हालसम्म भएको ४२ हजार मतगणनामा ओलीले २१ हजार १६७ मत ल्याउँदा नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १२०६६ मत प्राप्त गरेका छन् । सोमबारदेखि सुरु मतगणनामा सुरुवातदेखि नै अग्रस्थानमा रहेका ओलीले मतान्तर बढाउँदै लगेका हुन् ।
ओली २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट अत्याधिक मतसहित विजयी बनेका थिए ।
प्रतिक्रिया