गुल्मी १ मा आजै रातीबाट मतगणनाको तयारी – Nepal Press

गुल्मी १ मा आजै रातीबाट मतगणनाको तयारी

रुपन्देही । गुल्मीको अर्बेनीमा स्थगित भएको मतदान मङ्गलवार सम्पन्न भएको छ ।

गुल्मीको निर्वाचन क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको क र ख केन्द्रमा स्थगित भएको मतदान मङ्गलवार पुनः गरिएको हो ।

मतदान सकिएपछि मतपेटिकाहरू सदरमुकाम तम्घास ल्याइएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।

सर्वदलीय बैठकपछि मङ्गलवार रातिदेखि नै मतगणना शुरु गरिने पौडेलले बताए । यस क्षेत्रमा ६९६८३ जनाले मतदान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर