काठमाडौं १ का लागि कोष निर्माण गर्ने रवीन्द्र मिश्रको तयारीमा किरण पौडेलको आपत्ति – Nepal Press

काठमाडौं १ का लागि कोष निर्माण गर्ने रवीन्द्र मिश्रको तयारीमा किरण पौडेलको आपत्ति

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं-१ का लागि कोष निर्माण गर्ने तयारी गरेको विषयलाई लिएर एमाले निकट युवा संघका अध्यक्ष किरण पौडेलले आपत्ति जनाएका छन् । मिश्र र पौडेल दुवै काठमाडौं-१ मा उम्मेदवार रहेर पराजित बनेका थिए ।

मिश्रले चुनावमा पराजयसँगै यस क्षेत्रका जनताका लागि केही गर्ने सोचका साथ कोष निर्माण गर्ने सोच अघि सारेका हुन् । उनले सामाजिक सञ्जालमार्फत सो कोषमा सहयोग गर्न इच्छुकहरूलाई आह्वानसमेत गरेका छन् । तर, पौडेलले यस्तो तयारी स्थगित गर्न आग्रह गरेका छन् ।

जस्तोसुकै सोच भए पनि यसरी कोष स्थापना र रकम संकलन गर्नु ठिक कमन नहुने पौडेलको तर्क छ । उनले यसलाई तत्काल अन्यत्र मोड्न वा स्थगित गर्न पनि आग्रह गरेका छन् ।

‘राजनीतिक दलका कुनै पात्रले आफ्नो निर्वाचन क्षेत्रका लागि भनेर अझ विशेष गरी अन्तर्राष्ट्रिय दाताहरू लक्षित गरी कोश स्थापना गर्नु सरासर गलत हो । पारदर्शिता लगायतका केही विषय त छदै छन् त्यो भन्दा मुख्य स्वाभिमान हो। छन्’, फेसबुकमा स्टाटस लेख्दै पौडेलले भनेका छन् ।

मिश्रको नाम उल्लेख नगरी पौडेलले उनको यो कदम राजनीतिक उद्देश्य प्रेरित रहेको आरोप पनि लगाएका छन् ।

काठमाडौं १ बनाउन रकमभन्दा इमान र लगनको खाँचो रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर