झापा ४ : एलपी साँवालाई फेरि घण्टीले उछिन्यो, कांग्रेस तेस्रो – Nepal Press

झापा ४ : एलपी साँवालाई फेरि घण्टीले उछिन्यो, कांग्रेस तेस्रो

काठमाडौं । झापा क्षेत्र नम्बर ४ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भु प्रसाद ढकालले नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बुलाई उछिनेका छन् ।

पछिल्लो मतगणनाको परिणामअनुसार १७ हजार ७७० मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले पाँचहजार ९६८ मतसहित पुनः अग्रता कायम गरेका छन् । एमालेका लिम्बु पाँचहजार ७३३ मतसहित पछ्याउँदै छन् ।

यसैगरी नेपाली कांग्रेसका देउ कुमार थेबेले तीनहदजार ९२३ मत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर