राप्रपाले खाता खोल्यो, काठमाडौंको प्रदेशमा सुनील केसी विजयी – Nepal Press

राप्रपाले खाता खोल्यो, काठमाडौंको प्रदेशमा सुनील केसी विजयी

काठमाडौं । आम निर्वाचन २०७९ मा राप्रपाले जितको खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट राप्रपाका सुनील केसी विजयी भएका छन् ।

प्राप्त मत परिणामअनुसार केसीले ६ हजार ५९८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारको ५ हजार ७६ मत ल्याए । एक हजार ५२२ मतको अन्तरले केसी विजयी बनेका हुन् ।

यस क्षेत्रमा संघीय निर्वाचनमा पनि राप्रपा प्रतिस्पर्धी बनिरहेको छ । सो पार्टीकी उम्मेदवार कुन्ती पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई पछ्याइरहेकी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर