देउवाको दुई हजार पुग्नै लाग्दा सागरले हजार मत कटाए
नेपाल प्रेस
२०७९ मंसिर ५ गते २२:३३
कैलाली । डडेल्धुरामा प्रतिनिधि सभा तर्फ शेरबहादुर देउवाले १ हजार ९८५ मत पुराएका छन् ।
४ हजार १७४ मत गणना गर्दा देउवाले २ हजार पुराउन लागेका हुन् भने उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छाइरहेका छन् ।
अहिले ढकालको मत १ हजार ७३ पुगेको छ । देउवालाई टक्कर दिने भनिएका कर्ण मल्ल तेस्रो स्थानमा छन् उनको ६१३ मत छ ।
प्रतिक्रिया