बैतडीमा एमालेको अग्रता कायमै, पछ्याउँदै कुवर – Nepal Press

बैतडीमा एमालेको अग्रता कायमै, पछ्याउँदै कुवर

कैलाली । बैतडीमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका दामोदर भण्डारीले अग्रता कायमै राखेका छन्। १ हजार ६ सय ५४ मत गणना हुँदा सम्म भण्डारीले ८ सय ८८ र सत्ता गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका नरेन्द्र बहादुर कुँवरले ५ सय ६५ पाएका छन् ।

यहाँ नेपाली कांग्रेसले माओवादीलाई साथ दिएको छ। भण्डारी र कुँवरको यो तेस्रो प्रतिस्पर्धा हो । यस अघि २०६४ मा भण्डारीलाई हराएर पहिलो संविधान सभा सदस्यमा कुवर विजयी हुँदा २०७० को दोस्रो संविधान सभा सदस्यमा कुवरलाई हराएर भण्डारी विजयी भएका थिए । त्यसपछि करिब ९ वर्ष दुवै फेरी आमने सामने भएका छन् ।

अघिल्लो पटक बाम गठबन्धन हुँदा यो जिल्ला एमालेलाई परेको थियो र एमालेबाट भण्डारी विजयी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर