मनाङमा कांग्रेस विजयोन्मुख
नेपाल प्रेस
२०७९ मंसिर ५ गते २१:४६
काठमाडौं । मनाङमा नेपाली कांग्रेस विजय निकट पुगेको छ ।
प्रतिनिधि सभा सदस्यमा कांग्रेसका टेकबहादुर गुरुङ २३७४ मतले अग्रस्थानमा रहँदा एमालेका पोल्देन छोपाङ गुरुङले २०९५ मत पाएका छन् ।
अब ३५० मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले नेपाल प्रेसलाई जानकारी दिए ।
जिल्लामा कांग्रेसले विजय जुलुस निकालेको छ ।
प्रतिक्रिया