प्रारम्भिक गणनामा प्रचण्डका बुहारी र ज्वाइँ दुवैको क्षेत्रमा एमालेको अग्रता – Nepal Press

प्रारम्भिक गणनामा प्रचण्डका बुहारी र ज्वाइँ दुवैको क्षेत्रमा एमालेको अग्रता

काठमाडौं । देशभर मतगणको प्रारम्भिक रुझान आइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको परिवारका दुवै सदस्य पछाडि परेका छन् ।

प्रचण्डका ज्वाइँ जीवन आचार्य मोरङ क्षेत्र नम्बर ६ को प्रदेश सभा क्षेत्र १ मा गठबन्धनबाट उम्मेदवार छन् भने बुहारी बिना कञ्चनपुर १ बाट प्रतिनिधि सभाको उम्मेदवार छिन् ।

पछिल्लो गणना अनुसार कञ्चनपुर १ मा एमालेका तारा लामा तामाङले ५०३ मतको अग्रता लिँदा विना मगर १४५ मतले पछ्याइरहेकी छन् । उनी यसअघि सोही क्षेत्रबाट एमालेको समर्थनमा निर्वाचित भएकी थिइन् ।

त्यस्तै ज्वाइँ जीवन आचार्य पनि एमालेकी रिता न्यौपानेसँग पछि परेका छन् । न्यौपानेले ५८८ मत पाउँदा जीवनले ५११ मत पाएका छन् । जीवन २०७४ मा पनि सोही क्षेत्रमा पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर