मुस्ताङका तीन सिटमा कांग्रेसको ‘क्लीन स्वीप’ – Nepal Press

मुस्ताङका तीन सिटमा कांग्रेसको ‘क्लीन स्वीप’

पोखरा । मुस्ताङका १ प्रतिनिधिसभा सदस्य र २ प्रदेशसभा सदस्यमा कांग्रेसले बाजी मारेको छ । जिल्लामा एमालेले कम्तीमा २ सीट ल्याउने आंकलन गरेपनि चुनावी मतपरिणाम भने कांग्रेसको पक्षमा आएको छ । एमाले भने मुस्ताङमा ‘निल’ भएको छ । नेकपा एमालेले गण्डकी प्रदेशमा सबैभन्दा सुरक्षित ठानेको मुस्ताङमै एमाले निल भएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका २९ वर्षीय उम्मेदवार योगेश थकालीले नेकपा एमाले उम्मेदवार प्रेम तुलाचनलाई हराए । ३ हजार ९२२ मत पाएको योगेशले ३ हजार ७८ मात्रै मत पाएका तुलाचनलाई पाखा लगाउका हुन् ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा नाम्डु गुरुङले जिते । उनले एमाले उम्मेदवार तथा गण्डकी प्रदेशका निवर्तमान सांसद इन्द्रधारा विष्टलाई हराए । वैशाखमा भएको स्थानीय तह निर्वाचनमा लोमानथाङ गाउँपालिका वडा ४ को वडाध्यक्षमा पराजित भएका नाम्डुले अहिले भने प्रदेश सभा निर्वाचन जित्दै सांसद बनेका छन् । वडाध्यक्षको निर्वाचनमा जम्मा ९९ मत पाएका नाम्डुले प्रदेश सभा निर्वाचनमा १ हजार ४८ मत पाए । उनका प्रतिस्पर्धी इन्द्रधाराले ७९३ मत ल्याउन सके ।

यस्तै एमालेका चन्द्रमोहन गौचनलाई हराउँदै कांग्रेसका विकल शेरचन प्रदेश सभा सदस्य निर्वाचित भएका छन् । निवर्तमान सांसद चन्द्रमोहनले अहिलेको निर्वाचनमा जम्मा २५ सय ६५ मत पाए । विकलले भने २७ सय २३ मत ल्याएर १५८ को मतान्तरमा प्रदेश सभा सदस्य पद हत्याएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर