कञ्चनपुर १ मा एमालेका तारा लामाको सरुआती अग्रता, पछि परिन् बिना मगर – Nepal Press

कञ्चनपुर १ मा एमालेका तारा लामाको सरुआती अग्रता, पछि परिन् बिना मगर

कैलाली । कञ्चनपुर प्रतिनिधिसभा १ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बुहारी बिना मगर एमाले उम्मेदवार तारा लामा तामाङ भन्दा आधा कम मतले पछाडि परेकी छन् ।

२०० मत गणना गर्दा एमाले उम्मेदवार तामाङले १२० मत पाउँदा माओवादी केन्द्रकी उम्मेदवार मगरले ६० मत पाएकी छन् । यहाँ सत्ता गठबन्धनको साझा उम्मेदवार मगर हुन् ।

अघिल्लो मगर १९ हजार बढी मतान्तरले विजयी भएकी थिइन् । त्यो बेला उनीसँगै प्रदेश सभामा विजयी भएका एमाले उम्मेदवार तामाङ अहिले उनी विरुद्ध सुरुवाती चरणमा हाबी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर