एमाले अध्यक्ष ओलीलाई सुरुआतमै दोब्बर बढी मतको अग्रता
नेपाल प्रेस
२०७९ मंसिर ५ गते १७:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा फराकिलो सुरुआती अग्रता लिएका छन् ।
६ हजार मत गन्दा ओलीले ३ हजार २१२ मत पाएका छन् भने कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १५२३ मत पाएका छन् ।
अध्यक्ष ओली सातौंपटक झापा ५ बाट चुनावी मैदानमा छन् । यसअघिको चुनावमा ओलीले देशभरकै सबैभन्दा बढी मत पाएर जितेका थिए ।
प्रतिक्रिया