बाँके २ मा धवलशमशेरको फराकिलो अग्रता – Nepal Press

बाँके २ मा धवलशमशेरको फराकिलो अग्रता

रुपन्देही । बाँकेको क्षेत्र नम्बर २ मा एमालेको समर्थनमा उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले फराकिलो अग्रता बनाएका छन् ।

पछिल्लो मतगणना अनुसार राणाले १ हजार २०० मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईले ४०० मत ल्याएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुदीपनरसिंह राणाले ९४ मत प्राप्त गरेका छन् । २०७४ को चुनावमा जसपाको राईले जितेका थिए ।

त्रिपक्षीय प्रतिस्पर्धा हुने आंकलन गरिए पनि सुरुवाती परिणामले त्यो अवस्था देखाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर